Minute lekhen

हात्ति पिडीत किराँत माङहिम पुजारी पेला बहादुर लिङदमको घर हस्तान्तरण कार्यक्रम

हात्तीले घर भत्काईदिएपछि आवास विहिन बनेको लिङदम परिवारलाई युथ अफ खुदुनाबारीले नयाँ घर बनाइदिएको छ । विभिन्न दाताहरुको सहयोगमा संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ३ कैदले निवासी पेलाबहादुर लिङदमको परिवारलाई आवास निर्माण गरेर हस्तनान्तरण गरेको हो ।

football match

खेलाडीहरूलाई हौसला स्वरूप जर्सि प्रदान गरिदैं

कैंदले पर्यापर्यटन क्षेत्रमा रहेको प्राकिर्तिक खेलमैदानमा फुटबल खेल्ने जुनियर खेलाडीहरूलाई हौसला स्वरूप जर्सि प्रदान गरिदैं, उक्त जर्सि अ.न.पा-२ निवासी खेलप्रेमी श्रि होम श्रेष्ठ तथा अ.न.पा-३ निवासी खेल प्रेमि श्रि प्रदिप कन्दङवा ज्यूको संयुक्त सहयोगमा प्रदान गरिएको हो।

football match

निशुल्क स्वास्थ सामाग्री वितरण

युथ अफ खुदुनाबारी संस्थाको आयोजनामा साबिक खुदुनाबारी-९, हाल अ.न.पा-३ स्थित तल्लो बाङ्गे निवासी खड्ग परियारको छोरि उमा परियारलाई निशुल्क स्वास्थ सामाग्री वितरण गरिएको छ। वितरित स्वास्थ्य सामाग्रिमा कमोड चियर साथै दश कार्टुन डाइफर रहेको छ। साबिक भुटानी शरणार्थि क्याम सेक्टर बि रहेर हाल अमेरिका बस्दै आउनु भएका (नाम उल्लेख गर्न नचाहेका) एक व्यक्तिको सहयोगमा उक्त सामाग्रि हस्तान्तरण गरिएको हो। निज विरामी लामो समय बाट प्यारालाइस भएर ओक्ष्यानमा हुनुहुन्छ। आर्थिक अभाव कमजोर रहेको कारणले उहाँले राम्रो उपचार पाउन सक्नु भएको छैन।

previous arrow
next arrow

Slide 3
Slide 3
Slide 3
previous arrow
next arrow

संस्थाको संक्षिप्त परिचय

यस युथ अफ खुदुनाबारी क्लब सामाजिक सञ्जाल मार्फत वि.सं. २०६८ साल (सन् २०११) मा संचालनमा आई विभिन्न सामाजिक जनचेतनाका कुरा, विश्व माझ रहेका खुदुनाबारीवासीहरुको रचनात्मक कामहरु, दुःख समस्याका आवाजहरु साथै समग्र समुदायको हितको लागि आवाज उठाउदै आएको संस्था हो ।

सदस्य बन्न चाहनुहुन्छ ?

Our Partners

Video Gallery