यस युथ अफ खुदुनाबारी क्लब सामाजिक सञ्जाल मार्फत वि.सं. २०६८ साल (सन् २०११) मा संचालनमा आई विभिन्न सामाजिक जनचेतनाका कुरा, विश्व माझ रहेका खुदुनाबारीवासीहरुको रचनात्मक कामहरु, दुःख समस्याका आवाजहरु साथै समग्र समुदायको हितको लागि आवाज उठाउदै आएको संस्था हो । सिङ्गो खुदुनाबारीका युवाहरुलाई समुदायको विकासमा प्रेरित गरी विकृती बिसङ्गतीको अन्त्य गराउँदै विभिन्न रचनात्मक क्रियाकलापमा सहभागी गराई, ब्यक्तित्व विकास लगायत स्वरोजगार तथा उद्यमशिलता तर्फ लैजाने उद्देश्यले “युथ अफ खुदुनाबारी क्लब” स्थापना भएको हो । युथ अफ खुदुनाबारी क्लब कुनैपनि ब्यक्ति अथवा समूहको मात्र होइन, यो सिंगो खुदुनाबारीवासीको साझा संस्था हो । खेलकुद, कला साहित्य, संस्कृतिलाई उजागर गर्दै, वातावरण स्वच्छ राख्न विभिन्न भुमिकाहरु खेल्नका साथै युवाहरुलाई लागुऔषध दुवर््यशनीबाट अलग गराउन यस क्लबले महत्वपूर्ण भूमिका खेलीरहेको छ ।


सामाजिक गतिविधिहरु गर्दै जाँदा दर्ता भएको आधिकारीकता पाएको संस्थाको आवश्यकता बारे महशुुस गरी अग्रज अभिभावक, बुद्धिजीवी ब्यक्तित्व तथा शुभचिन्तकहरुसँग सल्लाह लिंदै यस युथ अफ खुदुनाबारी क्लब लाई आधिकारीक रुपमा दर्ता गराउने निर्णय गरियो ।


सोही समय नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसर परेको थियो, कोभिडको कारणले देउसी नखेले पनि सुरक्षित साथ घर–घरमा गएर सबै अभिभावकसंग भेट ग¥यौं र क्लबको आवश्यकताबारे कुरा राख्यौं । देउसीको दक्षिणाबाट उहाँहरुले दिनुभएको रकम हामीले बचत ग¥यौं र त्यसको केही दिनपछि २०७७।०८।०६ गते श्री शर्वेश्वर शिव पञ्चायन मन्दिरको भवनमा एउटा भेला बस्यो र सोही भेलाले “युथ अफ खुदुनाबारी क्लब” नाम रहने गरि संस्था गठन ग¥यो र उक्त संस्थालाई स्थापना तथा दर्ता प्रक्रियामा लैजान सोही भेलाले मनोज सिटौलाको अध्यक्षतामा १७ जनाको तर्दथ समिति बनायो। त्यहीबाट हामीले क्लब दर्ता प्रक्रिया अगाडी बढायौं । र सबै वैधानिक प्रक्रिया पुरा गरि संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम २०७७।१०।११ मा यस “युथ अफ खुदुनाबारी क्लब” जिल्ला प्रशासन कार्यालय, झापामा दर्ता गर्न सफल भयौं ।


अहिले यस क्लब संस्थागत विकासमा अघी बढिरहेको छ । यस क्लबलाई जीवन्त सम्म सकृय राख्नको लागी सम्पूर्ण खुदुनाबारीवासी आमा बुवा दाजु भाई तथा दिदीबहिनीहरु एकजुट भएर लाग्न जरुरी छ ।

– संस्थापक तदर्थ समिति