को हुन त सत्यमोहन जोशी

========================

जन्म : बाबू शंकरराज जोशी र आमा राजकुमारिकको कोखबाट जन्म वि स १९७७ बैशाख ३० गते ललितपुरमा भएको ।

✍️ ३ पटक मदन पुरस्कार प्राप्त गर्ने एकमात्र व्यक्ति । उनले वि. सं. २०१३ सालमा हाम्रो लोक संस्कृति , वि. सं. २०१७ मा नेपाली रास्ट्रीय मुद्रा र वि. सं. २०२८ मा कर्णाली लोक संस्कृति नामक पुस्तकका लागी सो पुरस्कार पाएका

✍️ वि. सं. २०६९ सालमा पद्मा श्री साधना सम्मानद्वारा सम्मानित

✍️वि. सं. २०७१ वैशाख ३० गते त्रिमुर्ति निकेतनले शताब्दी पुरुषको उपाधि दिएको

✍️ वि. सं. २०७६ भाद्र २४ मा नेपाल सरकारले उनको तस्वीर अंकित १००, १००० र २५०० रुपैंयाको मुद्रा निस्कासन गरेको

✍️ जिवीत रहंदै हुलाक टिकट प्रकाशन हुने पहिलो व्यक्ति

✍️ २०७९ सालको संविधान दिवसमा उनलाइ नेपाल सरकारद्वारा राष्ट्र गौरव मानपदवीबाट सम्मानित

✍️ पुरातत्त्व विभागको पहिलो निर्देशक

✍️ अरनिको बारे जानकारी दिने पहिलो व्यक्ति

✍️ इ- पासपोर्ट प्राप्त गर्ने पहिलो नेपाली ( २०७८/०८/०१)

✍️ २०७९/०६/३० गते १०३ वर्षको उमेरमा निधन ।

Leave A Reply